मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमार घाइते, विश्वकपको पहिलो खेल गुमाउने

baahrakhari.com · Fri May 29 04:54:32 GMT 2026

काठमाडौं । ब्राजिलियन स्टार नेयमार पुनः घाइते भएका छन् । ब्राजिलियन फुटबल संघका अनुसार ‘काल्फ इन्जुरी’का कारण ३४ वर्षीय नेयमार दुईदेखि तीन साता मैदान बाहिर रहनेछन् ।

नेयमारले पानामा र इजिप्टसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेयमार फिफा विश्वकप २०२६ को पहिलो खेलमा पनि देखिने छैनन् ।

पछिल्लो सयम चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ यता ब्राजिलका लागि खेलेका छैनन् । नेयमारले ब्राजिलको लागि सर्वाधिक ७९ गोल गरेका छन् । साउदी क्लब अल हिलाल पुगेपछि नेयमार घाइते भएका थिए । त्यसयता उनी स्वभाविक लयमा छैनन् ।

फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । ब्राजिलको समूह ‘सी’मा मोरक्को, हाइटी र स्कटल्यान्ड छन् ।

ब्राजिलले जुन १३ मा मोरक्कोसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । ब्राजिलले जुन १९ मा हाइटी र जुन २४ मा स्टकल्यान्डको सामना गर्नेछ ।

ब्राजिलियन टोली

गोलकिपर

: एलिसन, एडर्सन, वेभर्टन

डिफेन्डर

: एलेक्स सान्द्रो, ब्रेमर, डानिलो, डोग्लस सान्तोष, गाब्रियल मागाल्हस, इबानेज, लियो पेरेइरा, मार्किन्होस, विस्ली

मिडफिल्डर

: ब्रुनो गुइमारेज, क्यासिमिरो, डानिलो सन्तोष, फिबिन्हो, लुकास पाक्वेटा

फरवार्ड

: एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिक, म्याथ्युज कुन्हा, नेयमार, राफिन्हा, रायन, भिनिसियस जुनियर

#नेयमार

#घाइते

#विश्वकप

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)