मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?

rajdhanidaily.com · Thu Aug 15 23:02:52 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का बीचमा पार्टी एकीकरणका लागि छलफल सुरु भएको छ । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकीकरणसहित विभिन्न विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबार सुरु भई हिजो (बिहीबार) सकिएको छ । बैठकमा पार्टी एकीकरणका ’boutमा समेत छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा अध्यक्ष प्रचण्डले नेपालसँग छलफल गरेका छन् । पार्टी एकीकरण, समाजवादी मोर्चाको अगामी कार्यक्रम, विपक्षी गठबन्धनलाई बलियो बनाउनेलगायतका विषयमा छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)