मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालले पनि अमेरिकी जहाजको प्रतीक्षा गरे हुन्छ

rajdhanidaily.com · Fri Feb 07 23:18:38 GMT 2025

अस्ति बृहस्पतिबारका दिन एउटा समाचारले भारतको राजनीतिक एवं सञ्चारजगत निक्कै तरंगित भयो । संयुक्त राज्य अमेरिकामा गैरकानूनी ढंगले प्रवेश गरेका १०४ जना भारतीय नागरिकहरूलाई अमेरिकी वायुसेनाको मालबाहक जहाजले भारत ल्याएर छोडेछ । त्यसरी ल्याउने क्रममा ती भारतीय नागरिकलाई हातमा हतकडी र गोडामा नेल लगाएर ल्याइएको रहेछ । यही कुरामा हंगामा भयो । भारतीय नागरिकहरूलाई अपमानित गरिएको र अमेरिकी सैनिक जहाज भारत आएको भन्दै विदेश नीति व्यवस्थापनमा भारत सरकार असफल भएको आरोप लाग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको असल मित्र भनिएका डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बेला ‘यस्तो कसरी भयो ?’ भन्नेसम्मको प्रश्न उठाइयो । झट्ट हेर्दा अमेरिका र भारत जोडिएको यो विषय हाम्रा लागि पटक्कै चासोको विषय होइन । तर, १०४ जनाको डिपोर्ट गरिएको यो पहिलो खेप बोकेको अमेरिकी वायुसेनाको जहाजजस्तै अर्को जहाज त्यत्तिकै नेपाली बोकेर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने आश्चर्यचकित हुन नपर्ने अवस्था भएको हुँदा यो समाचार हाम्रा लागि पनि चासो र चाखको विषय होजस्तो लाग्छ ।

यस विषयमा भारतीय विदेशमन्त्री जय शंकरले संसद्मा जवाफ दिए । उनका अनुसार गैरकानूनी ढंगले अमेरिका प्रवेश गर्ने भारतीयलगायत विदेशीहरूलाई यसै ढंगले निष्कासन गरेर सम्बन्धित मुलुकमा पु¥याउने अमेरिकी कानुनअनुसार नै एउटा एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर) बनेको छ । तदनुरुप नै सन् २०१२ देखि नै निष्कासन प्रक्रिया अपनाउँदै आएको छ । उनका अनुसार वायुसेनाको जहाजले बोकेर ल्याइदिने र ल्याउँदा अपराधी–बन्दीसरह नेल हतकडी लगाएर ल्याउने काम पहिलोपटक भएको होइन । वास्तविकताचाहिँ के रहेछ भने गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने विदेशीहरूप्रति कठोर बन्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नीतिअनुरूप अलि बढी तदारुकता देखाइएको रहेछ र अमेरिकी प्रशासनले नै कठोरता प्रदर्शनको प्रचारप्रसार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)