कोदो, मकै छोडेर किवीखेतीतर्फ किसान
abhiyandaily.com
बागलुङ । जंगल छेवैको पाखोबारी, जहाँ वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा समेत किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन ।
म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले आफू बुझ्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाएका थिएनन् । पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गरे । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेरेका छन् । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्नेगरी उनले फलफूलखेती थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)