फिफा विश्वकप फुटबल २०२६ : स्पेन ४-० गोलले विजयी
kendrabindu.com · Mon Jun 22 00:26:29 GMT 2026

एटलान्टा । स्पेन फिफा विश्वकप फुटबल २०२६ मा विजय लयमा आएको छ । एटलान्टामा भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गर्यो । आइतबार साउदी अरेबियालाई पराजित गरेपछि स्पेन समूह ‘एच’ मा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएपछि लगातार आलोचित हुन पुगेको स्पेनले साउदी अरेबियाविरुद्ध भने १० औं मिनेटमै अग्रता बनाएको थियो । केप भार्डेविरुद्ध दोस्रो हाफमा मैदानमा आएका लामिन यमाल प्लेयिङ ११ मा आएका थिए र उनले नै स्पेनबाट पहिलो गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
फिफा