मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट कार्यान्वयन मार्गदर्शन : तीन/चारथरी कामको ठेक्का एउटै प्याकेजमा

abhiyandaily.com

काठमाडौं । पिच गरेको भोलिपल्टै खानेपानीको पाइप बिछ्याउने वा ढलका लागि सडक खनेर अलपत्र छाडिएका घटना शहरी क्षेत्रका बासिन्दाले वर्षौंदेखि देख्दै र भोग्दै आएका छन् । बिजुलीको पोललाई बीच सडकमा छाडेर पिच सम्पन्न गरेका र बिजुली तार भूमिगत गर्ने सिलसिलामा पिच सडक खनेर हिलाम्ये वा धुलाम्ये छाडिएका दृश्य पनि यत्रतत्र देखिन्छन् ।

अर्थ मन्त्रालयको मार्गदर्शन सरकारी निकायहरूले अनुसरण गरे भने अबदेखि त्यस्तो समस्या नदेखिने भएको छ । अर्थले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा सडक निर्माणसँगै खानेपानी, ढल, बिजुलीका पोलको ठेक्का एउटै प्याकेजमा लगाउनुपर्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)