मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती राजकुमारसामु नौजवानको खुसी

rajdhanidaily.com · Fri Feb 07 23:32:20 GMT 2025

पोखरा । नेपाल भ्रमणका क्रममा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी दम्पती यतिखेर पर्यटनको राजधानी पोखरामा छन् । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनीहरु ब्रिटिस गोर्खामा भर्ती भएका नवप्रवेशी नौजवानसामु शुक्रबार देखा परे ।

पोखरा–१६, दीपस्थित ब्रिटिस क्याम्पमा आयोजित समारोहमा एक्कासि बेलायती राजकुमार दम्पती आँखै अगाडि पाएपछि नयाँ भर्ती भएका २ सय ७४ जना युवा तथा तिनका परिवारका सदस्यले हर्षका आँसु बगाए । उनीहरुले आफ्ना छोरा–नातिलाई बेलायत सरकारको जिम्मा लगाएको भन्दै भविष्य सुनिश्चित हुनेमा उस्तै आशातीत पनि बने ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)