मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणतन्त्र दिवसमा प्रभातफेरी

gorkhapatraonline.com · Fri May 29 04:58:24 GMT 2026

इनरुवा (सुनसरी), जेठ १५ गते । गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ ।

दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गर्नुभयो ।

प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो । दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘डे’ को आयोजना गरेको छ ।

नगरपालिका स्थापना भएको दिनलाई मानेर नगरपालिकाको कार्यालयले पहिलोपटक इनरुवा डे कार्यक्रमको आयोजना गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)