मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तन गरिँदै

ekantipur.com · Mon Nov 22 01:15:30 GMT 2021

काठमाडौँ — चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तनका लागि सर्वेक्षण गरेर नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली फर्किएको छ । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ढुवानी गर्न समस्या थियो । प्राविधिक रुपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय निकुञ्ज भएर नयाँ रुटको सम्भाव्यता अध्ययन गरिएको हो । दुई महिनाभन्दा बढी समय लगाएर गरिएको अध्ययनपछि प्राधिकरणको टोली शनिबार काठमाडौं फर्किएको छ ।

‘रुट परिवर्तनका लागि सम्भाव्यता अध्ययन गरेर फर्किएका छौं । त्यसको कागजी रूपरेखा तयार पार्न बाँकी छ,’ रातामाटे–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले भने,’ ‘अब विस्तृत वातावरणीय अध्ययन (ईआईए) को पनि काम सुरु हुन्छ ।’ प्राधिकरणले यसअघि वनको विषयलाई हेरेर लाङटाङ राष्ट्रिय निकुञ्ज छलाएर रुट निर्धारण गरेको थियो । तर निकुञ्जभित्रबाट प्रसारणलाइन बनाउँदा प्राविधिक र आर्थिक दुवै हिसाबले उपयुक्त देखिएको आत्रेयले बताए । प्रसारणलाइन १० किमि घना जंगल र मध्यवर्ती क्षेत्रसमेत गरेर निकुञ्जभित्रको कुल २६ किमि बाटो भएर निर्माण गर्ने गरी सर्वेक्षण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)