मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : पश्चिमी वायुको प्रमाव कायमै

lokaantar.com · Thu Feb 09 00:53:30 GMT 2023

देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

विभागका अनुसार तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने हुनाले दैनिक जनजीवनमा प्रभाव पार्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । त्यस्तै, माघ २७ गते शुक्रबार पनि प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायमै रहने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ । सोहीअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)