दुई पटकको च्याम्पियन उरुग्वेलाई नवप्रवेशी केप भर्डेले रोक्यो बराबरीमा
nepalviews.com · Mon Jun 22 00:34:34 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमान्चक खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेल २-२ गोलको बराबरीमा सकिएको हो। यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको डेब्युटेन्ट टोली केप भर्डेले यसअघि बलियो टोली स्पेनसँग पनि बराबरी खेलेको थियो।
खेलमा दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भएका हुन्। खेलको २१ औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत सानदार गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए। तर, ४४ औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)