मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : उरुग्वे र केप भार्डे २–२ को बराबरी

kendrabindu.com · Mon Jun 22 00:43:19 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान उरुग्वे र केप भार्डेबीचको खेल २–२ को बराबरीमा सम्पन्न भएको छ ।

खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका छन् । खेलको २१ औं मिनेटमा केभिन पिनाको गोलमा केप भार्डेले अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा उरुग्वेका म्याक्सिमिल्लानोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

लगत्तै उरुग्वेका अगस्टिनले गोल गर्दै पहिलो हाफ उरुग्वे २ र केप भार्डे १ को स्थितिमा थियो । खेलको ६१ औं मिनेटमा केभ भार्डेका हेलियो भरेलाले गोल गर्दै खेल फेरि २–२ को बराबरीमा ल्याए ।

अन्तिमसम्म पनि दुवै टोलीका तर्फबाट थुप्रै प्रयास भए पनि खेल हार जितसम्म भने पुग्न सकेन । र २–२ को बराबरीमा रोकियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय