बेलायतका प्रधानमन्त्री स्टार्मरलाई पद छोड्न दबाब
annapurnapost.com · Mon Jun 22 00:35:48 GMT 2026

लन्डन : बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई पद छोड्न राजनीतिक दबाब बढेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। द अब्जर्भर र द गार्डियनको जुन २१ मा जारी रिपोर्टमा प्रधानमन्त्री स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ।
स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिन दबाब बढ्दै गएको थियो। यसका साथै, यौन अपराधी जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको आरोप लागेका पूर्ववरिष्ठ सल्लाहकार पिटर म्यान्डेल्सनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेको कारण राजीनामा दिन थप दवाव बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
किएर स्टार्मर