त्रिवेणी गण्डक बाँधबाट नहरमा पानी प्रवाह सुरु
gorkhapatraonline.com · Fri May 29 05:19:01 GMT 2026

धान खेतीका लागि नेपाल–गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदीमा रहेको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा सिँचाइका लागि बनाइएको नहरमा गणतन्त्र दिवसको अवसर पारेर बिहीबारदेखि पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष एक साताअघि नै नहरमा पानी छाडिएको हो ।
त्रिवेणीस्थित नहरको मुखमा बालुवा थिग्राउने पोखरी निर्माण गरिएपछि नहरमा बालुवा पस्ने समस्या कम भएकाले सहज रूपमा पानी प्रवाह भएको उहाँले बताउनुभयो । बालुवा थिग्रिएर साँघुरो बनेको नहर यस वर्ष पनि सफाइ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)