मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै मिलेर परिवर्तन र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : मुख्यमन्त्री कार्की

gorkhapatraonline.com · Fri May 29 05:15:44 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)