उपराष्ट्रपतिद्वारा महायज्ञको उद्घाटन
hamrakura.com · Mon Apr 03 00:00:00 GMT 2023
मधेस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा सुरु भएको महायज्ञको आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए ।
उनले भने, “यज्ञबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यज्ञ गर्नाले तनमन पवित्र हुने गर्दछ ।” उपराष्ट्रपति यादवले यमुना माईको ऐतिहासिक ठाउँमा पाइला टेक्दा आफूलाई गौरव महसुस भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)