मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी प्रतिष्ठानमा फेरि भद्रगोल

ekantipur.com · Thu Jan 18 00:16:17 GMT 2024

झापा — वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । चार दिनयता उपकुलपतिको कार्यकक्षअगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन् ।

चिकित्सकहरूको साढे ६ वर्षदेखि र कर्मचारीको १६ वर्षदेखि बढुवा (वृत्ति विकास) नभएको विषयमा प्रतिष्ठानका अघिल्ला कायममुकायम उपकुलपति प्राडा सञ्जीवकुमार शर्माले २०७९ पुसदेखि बढुवा प्रक्रिया सुरु गरेका थिए । वृत्ति विकासको प्रक्रिया जारी रहेकै बेला गत असारमा कामु उपकुलपति शर्माको ठाउँमा डा. प्रल्हाद कार्की नियुक्त भए । उनी आएलगत्तै अघिल्लो कामुले गरेका बढुवा प्रक्रियामा अवरोध सिर्जना मात्रै गरेनन्, लोकसेवा आयोगको निर्देशन मागेरै अन्तर्वार्तालगायतका काम रोकिदिए । कामुको निर्णयविरुद्ध त्यसयता प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी निरन्तर आन्दोलित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)