पुर्चौंडीमा एक पुरुष मृत अवस्थामा फेला
gorkhapatraonline.com · Fri May 29 05:21:20 GMT 2026

बैतडीको पुर्चौंडी नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका–८ धौनालीस्थित मिरराड भिरमा पुर्चौंडी–५ सल्लेरी निवासी अन्दाजी ५५ वर्षीय हरि साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउँद बिहीबार साँझ मृत अवस्थामा फेला पर्नुभएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)