मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगा : पहिलो दिनका दुवै खेल बराबरीमा

ekantipur.com · Thu Aug 15 23:33:04 UTC 2024

काठमाडौँ — स्पेनी ला लिगा बिहीबार रातिबाट सुरु भएको छ र पहिलो दिनका दुवै खेल बराबरीमा टुंगिएका छन् । पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।

यस्तै जिरोनाले रियल बेटिसलाई १–१ को बराबरीमा रोकेको छ । गत सिजन आश्चर्यजनक टिम रहेको जिरोनाले तेस्रो स्थान हात पारेको थियो । ओहन सासेटको गोलले बिलबाओले २७ औं मिनेटमा अग्रता लिएको थियो । क्रिससान्टोस उचेले ६४ औं मिनेटमा बराबरी गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)