मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला उद्यमीको भर्चुअल व्यापार मेला हुँदै

annapurnapost.com · Tue Aug 31 06:44:00 GMT 2021

काठमाडौं : सहकार्य गरौं, सफल बनौं भन्ने नाराका साथ महिला उद्यमी महासंघ नेपालले पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु गर्दैछ। मेला भदौ १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ। तर यो मेलाको औपचारिक उद्घाटन भने आगामी बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यममार्फत गर्ने तय भएको छ।

महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा उत्पादन भएका वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्न भर्चुअल मेला गर्न लागेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)