रास्वपामा महामन्त्री ढकाललाई गरिएको कारबाहीमाथि विधानकै प्रश्न
ekantipur.com · Thu Aug 15 23:43:57 UTC 2024

काठमाडौँ — मुकुल ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णयले कानुनी मान्यता पाउने वा नपाउने विषय जटिल बनेको छ । महामन्त्रीलाई हटाउने निर्णय गर्नुअघि पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन, नियमले तोकेका प्रक्रिया पूरा नभएको भन्दै ढकालले दिएको निवेदनमा आयोगले अध्ययन गरिरहेको छ ।
रास्वपाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी गराउँदै त्यसलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न गत साउन १७ मा आयोगमा पत्राचार गरेको थियो । त्यसपूर्व ढकालले आफूलाई गरिएको कारबाहीको प्रक्रिया नै त्रुटिपूर्ण रहेको जिकिर गर्दै आयोगमा निवेदन दिएका थिए । ‘सामान्य स्थितिमा पार्टीमा पदाधिकारी थपघट गरेको जस्तो होइन, यो विषय विवादमा तानिएको छ,’ आयोगका एक अधिकारीले भने, ‘पार्टीको संस्थापक महामन्त्रीलाई हटाइएको छ । त्यसमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भए/नभएको हेर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)