मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लाइसेन्स वितरणमा सेवाग्राहीको चाप

gorkhapatraonline.com · Mon Jun 22 01:05:29 GMT 2026

बर्सौंदेखि छाप्न बाँकी रहेका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयमा सेवाग्राहीको भिड लागेको छ । छापिएको लाइसेन्स लिनेको चाप बढेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनाले दैनिक पाँच हजार लाइसेन्स वितरण गरिरहेको छ । एकान्तकुना कार्यालयका पाँच लाख छापिएकामध्ये हालसम्म ३५ हजारप्रति वितरण गरिसकिएको छ । तीन लाख १५ हजारप्रति लाइसेन्स वितरणका लागि तयार गरिएको छ । दिनमा पाँच हजार वितरण गर्दा महिनामा डेढ लाखसम्म वितरण हुने छ । छापिएका पाँच लाख लाइसेन्स वितरण गर्न कार्यालयलाई कम्तीमा तीन महिना लाग्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)