मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साउदी अरेबियामाथि स्पेनको रबाफिलो जित, यमालले गरे करियरकै पहिलो गोल

himalpress.com · Mon Jun 22 01:08:37 GMT 2026

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन विजयी भएको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो ।

यो जितसँगै स्पेन फेरि लयमा फर्किएको छ। यसअघिको खेलमा स्पेनले नवप्रवेशी केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो। एटलान्टामा भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेसँगै स्पेन ४ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको हो।

साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा स्पेनका लामिन यमालले पहिलो गोल गरे। त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनले ४–० को जित हात पारेको हो। खेलको १० औं मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै यामालले ब्याक पोस्टबाट गोल गरी आफ्नो विश्वकप करियरकै पहिलो गोल दर्ता गरे।

अब स्पेनलाई अन्तिम ३२ मा स्थान सुरक्षित गर्न उरुग्वेविरुद्धको अन्तिम खेलमा १ अंक बराबरीको नतिजा आवश्यकता छ। साउदी अरेबियाले भने अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डेविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ।

विश्वकप फुटबलमा आज बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय