ट्रम्पको धम्कीपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
nepalviews.com · Mon Jun 22 01:09:58 GMT 2026

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ भने सेयर बजारमा गिरावट आएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता नभएमा अमेरिकाले फेरि बमबारी गर्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग 'स्ट्रेट अफ होर्मुज' लाई आफ्नो नियन्त्रणमा लिन सक्ने चेतावनी दिएपछि बजारमा यसको प्रत्यक्ष असर देखिएको हो।
राष्ट्रपति ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै यदि इरानसँग सम्झौता हुन नसकेमा अमेरिकाले फेरि बमबारी गर्न सक्ने र होर्मुज जलमार्गलाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने बताएका थिए। उनको यो चेतावनी सार्वजनिक भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ डलर पुगेको छ। यसैगरी अमेरिकी कच्चा तेलको मूल्य पनि २.४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७.६६ डलर पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
डोनाल्ड ट्रम्प