दुईपटकको विश्वकप विजेता उरुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन
barnanmedia.com · Mon Jun 22 00:59:41 GMT 2026

काठमाडौं । विश्वकपको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ । दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको हो ।
उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा पहिलोपटक प्रवेश गरेको राष्ट्र हो ।
उरुग्वेसँग केपभर्डेले २-२ को बराबरी गरेको छ । विश्वविजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको केपभर्डेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको हो ।
केपभर्डेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा उरुग्वेका मेक्सी अराजाओले ४४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले २-१ को अग्रता लिएको थियो । ६० औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
खेलमा बराबरी भएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीले २ अंक जोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ