भियना कन्सर्टमा टेलर स्विफ्टमाथि आक्रमणको योजना बनाउने युवकलाई १५ वर्ष जेल
ratopati.com · Fri May 29 05:43:08 GMT 2026

भियना । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियाको भियना सहरमा हुने ‘एराज टुर’ कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको आरोपमा २१ वर्षीय अष्ट्रियन युवकलाई १५ वर्ष जेल सजाय सुनाइएको छ । अस्ट्रियाको गोपनीयता कानुनअनुसार बेरेन ए नामले चिनिने ती युवकलाई आतंकवादसम्बन्धी विभिन्न अन्य कसुरमा पनि दोषी ठहर गरिएको हो ।
सन् २०२४ अगस्टमा भियनाको अन्स्र्ट ह्यापल रङ्गशालामा हुने टेलर स्विफ्टका लगातार तीनवटा ‘सोल्ड–आउट’ कन्सर्ट सुरु हुनुअघि अमेरिकी गुप्तचर संस्था सीआईएबाट प्राप्त सूचनापछि उनलाई पक्राउ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)