हेटौंडा–५ मा पनि चल्यो डोजर, स्थानीय आक्रोशित
kendrabindu.com · Fri May 29 05:39:24 GMT 2026

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।उपमहानगरपालिकाका अनुसार लामो समयदेखि सूचना जारी गरिँदै आएको र स्वेच्छाले संरचना हटाउन आग्रह गरिएको भएपनि अटेर भएपछि डोजर प्रयोग गर्न बाध्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)