बारीदेखि सिधै बजारसम्म : हाटबजारले बदल्दै ग्रामीण अर्थतन्त्र
ratopati.com · Mon Sep 14 00:20:58 GMT 2026

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ। विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ। हाटबजार स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।
हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ। गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि ल्याइन्छन्। स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँको विशेष आकर्षण बन्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)