चालु पुँजी कर्जा साठी प्रतिशत बनाउन माग
gorkhapatraonline.com · Mon Jun 22 01:15:48 GMT 2026

निजी क्षेत्रको मनोबल बढाउँदै आन्तरिक उत्पादन वृद्धि गर्न उद्योगको प्रकृति र नगद प्रवाहका आधारमा चालु पुँजीकर्जा कुल कारोबारको ६० प्रतिशतसम्म पाउने स्थायी व्यवस्थाको माग उद्योगीले गरेका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याउने आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीले छुट्टाछुट्टै लिखित सुझाव दिँदै चालु पुँजी कर्जा मार्गदर्शनलाई समयानुकूल सुधार गर्न माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, नेपाल उद्योग परिसङ्घ कोशी, मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले अलग अलग लिखित सुझाव पठाएका हुन् । यी संस्थाले नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका निर्देशक सुमन न्यौपानेमार्फत मौद्रिक नीतिका सुझाव पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)