खेलकुद पूर्वाधार निर्माणका लागि बजेट माग
gorkhapatraonline.com · Fri May 29 05:50:14 GMT 2026

साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले लुम्बिनी प्रदेश सरकारसँग खेलकुदका भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि बजेट माग गरेको छ ।
समितिका कार्यालय प्रमुख महेश चन्दको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयलाई भेट गरी खेलकुद पूर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी (सोनु) ले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)