याङ्गो डेलिभरीले उत्कृष्ट कुरियर पार्टनरलाई सम्मान गर्यो
ajakoartha.com · Fri May 29 05:51:00 GMT 2026

काठमाडौं- याङ्गो डेलिभरीलेले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट काम गर्ने केही पार्टनरलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो भने अन्य पार्टनरहरूलाई दैनिक डेलिभरी कार्य सहज बनाउन थर्मोब्याग वितरण गरिएको थियो ।
यो पहल नेपालमा याङ्गोको डेलिभरी पार्टनर नेटवर्कलाई अझ बलियो बनाउन र काठमाडौंका प्रयोगकर्तालाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो । याङ्गोले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड–हेलिङ पार्टनरहरूका लागि लचिलो आम्दानीको अवसर सिर्जना गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)