मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

kalakarmi.com · Fri May 29 05:55:55 GMT 2026

काठमाडौं- नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अस्ट्रेलियामा यस फिल्मको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस फिल्मको अस्ट्रेलिया प्रदर्शनले त्यहाँ रहेका नेपाली फिल्म प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)