मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाका अध्यक्षको दाबी – मेस्सीसँग नयाँ करार गरेको भए क्लबको भविष्य नै जोखिममा हुन्थ्यो

ratopati.com

बार्सिलोनाले स्टार खेलाडी लियोनेल मेस्सीलाई क्लबमा नै राख्न चाहेको भए क्लबको भविष्य आगामी ५० वर्षसम्मका लागि जोखिममा हुने अध्यक्ष जोआन लापोर्टाले स्पष्टीकरण दिएका छन् । ला लिगाको तलबको सीमाका कारण बार्सिलोनाले नयाँ करार दिन नसकेपछि ३४ वर्षीय खेलाडीले क्लब छाड्ने भएका छन् ।

एउटा निजी कम्पनीले ला लिगामा लगानी गर्न चाहेको थियो । यदि त्यो सफल भएको भए बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने थियो । तर, यसको बदलामा बार्सिलोनाले टिभीको केही अधिकार गुमाउनुपर्ने थियो । ‘क्लबलाई ५० वर्षसम्म असर गर्ने निर्णय म लिन सक्दिनँ,’ लापोर्टाले भने, ‘यो क्लब १ सय वर्ष पुरानो छ । यो सबैभन्दा, सबै कुराभन्दा, विश्वकै उत्कृष्ट खेलाडीभन्दा पनि माथि छ । हामी उनले हाम्रा लागि गरेको हरेक कुराका लागि धन्यवाद दिन चाहन्छौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)