केप भर्डेले उरुग्वेलाई पनि बराबरीमै रोक्यो
neplays.com · Mon Jun 22 01:30:00 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा उपाधि दाबेदार स्पेनसँग बराबरीमा खेलेर चर्चामा रहेको केप भर्डेले उरुग्वेलाई पनि बराबरीमा रोकेको छ ।
नेपाली समयअनुसार सोमबार बिहान अमेरिकामा भएको खेलमा केप भर्डेले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो ।
खेलको २१औँ मिनेटमा पहिलो गोल गरेर केप भर्डेले सुरुवाती अग्रता कायम गरेको थियो ।
यद्यपि, पहिलो हाफमै उरुग्वेले उक्त गोल फर्काएर इन्जुरी समयमा थप १ गोल गरी २-१ को अग्रता बनाएको थियो ।
तर, कडा टक्कर दिएको केप भर्डेले ६१औँ मिनेटमा दोस्रो गोल गरेर खेल बराबरी बनायो ।
केप भर्डेले अब साउदी अरबियासँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
फिफा