सञ्जय साहको जन्मकैद सजाय उच्च अदालत जनकपुरले उल्ट्यायो
lokaantar.com · Sun Oct 03 18:00:48 GMT 2021
जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्म कैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राती उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)