मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्ला केन्द्रविन्दु भएर भूकम्प

himalpress.com · Mon Jun 22 01:43:43 GMT 2026

काठमाडौँ- हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ।

यसअघि गत जेठ २९ गते संखुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)