देशभर मनसुनी वायुको प्रभाव कायमै : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी
aarthiknews.com

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । कोशी प्रदेशको अधिकांश भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । अन्य भूभागमा आंशिक बदली छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)