नवलपरासीको एक सहकारीले ठग्यो बचतकर्ताको ५८ लाख
annapurnapost.com · Fri May 29 06:17:32 GMT 2026

परासी : नवलपरासीको एक सहकारी संस्थाले बचतकर्ताको ५८ लाख बढी रकम ठगी गरेको छ । ठगी अभियोगमा दुईजनामाथि मुद्दा चलाइएको छ । एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा संस्थाका अध्यक्ष तीर्थराज चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । अर्का एकजना फरार रहेका छन् । सुरुमा ११ जना बचतकर्ताले रकम ठगी गरेको उजुरी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)