मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इरानसँग गोलरहित बराबरीमा रोकियो बेल्जियम, राजनीतिक विवाद र सुरक्षा चुनौती थप चर्कियो

lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा युरोपेली पावरहाउस बेल्जियम इरानसँग गोलरहित (०–०) बराबरीमा रोकिएको छ । लस एन्जलसमा भएको खेलमा १० खेलाडीमा सीमित हुन पुगेको बेल्जियममाथि लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको हो ।

पाँच रक्षात्मक खेलाडीको रणनीतिका साथ मैदान उत्रिएको इरानले पहिलो हाफमा बलियो रक्षापंक्ति प्रदर्शन गर्‍यो । केभिन डे ब्रुएना र रोमेलु लुकाकुजस्ता अनुभवी स्टार खेलाडी सम्मिलित बेल्जियमले बलमाथि लामो समय नियन्त्रण राखे पनि गोलका स्पष्ट अवसरहरू बनाउन सकेन । ३६औँ मिनेटमा लुकाकुको हेडर बारभन्दा माथिबाट बाहिरिएको थियो भने त्यसअघि इरानका हुसेन कनानीको प्रहारलाई बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय