यस वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, गर्मी थप बढ्ने संकेत
aarthiknews.com

काठमाडौं । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले यस वर्षको दक्षिण–पश्चिम मनसुन सामान्यभन्दा कमजोर रहने प्रक्षेपण गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आईएमडीले जूनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षा दीर्घकालीन औसत )एलपीए) को करिब ९० प्रतिशत मात्र रहने अनुमान सार्वजनिक गरेको हो।
यसअघि अप्रिल १३ मा जारी पहिलो पूर्वानुमानमा पनि विभागले सामान्यभन्दा कम वर्षा हुने संकेत गरेको थियो। पछिल्लो अद्यावधिक अनुमानमा समेत वर्षा औसतभन्दा कम रहने सम्भावना दोहोर्याइएको छ। मौसमविद्हरूले यस वर्षको कमजोर मनसुनको प्रमुख कारण ‘सुपर एल–निनो’ प्रभावलाई मानेका छन्। यसको असरले भारतका अधिकांश क्षेत्रमा वर्षा घट्ने र तापक्रम बढ्ने सम्भावना रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)