मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

nepallive.com · Mon Jun 22 02:10:02 GMT 2026

काठमाडौं– फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।

२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्‍याएका थिए । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

०७:५५

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय