त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० करोडको सेतो हेरोइन बरामद, तीन अफ्रिकी पक्राउ
nayapatrikadaily.com · Tue Jun 14 00:25:00 GMT 2022
लागुऔषधसम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलोग्राम सेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले आइतबार र सोमबार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ केजी सेतो हेरोइन बरामद गरेको हो । आइतबार १६ केजी तथा सोमबार आठ केजी हेरोइन बरामद भएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्ने तीनैजना दक्षिण अफ्रिकाका नागरिक हुन् । आइतबार मुरिल नसाम्बा र थान डेकिले सिबिसीलाई १६ केजी हेरोइनसहित एनसिबीको टोलीले पक्राउ गरेको हो । उनीहरू दुवैजना दुबई विमानस्थल हुँदै नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)