नेपाल आदर्श ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित
rajdhanidaily.com · Tue Jul 30 23:35:16 UTC 2024

स्याङ्जा । स्याङ्जाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको र राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । चन्द्रलोक प्रतिष्ठानले सातै प्रदेशका उत्कृष्ट विद्यालयलाई सम्मान गर्नेक्रममा स्याङ्जाबाट आदर्श मावि सम्मानित भएको छ । विद्यालयका प्रिन्सिपल होमकान्त गौतमलाई पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
२०५४ सालमा स्थापना भएको विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको आदर्श माविले २०८० मा दिइएको एसईई परीक्षामा जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएको थियो । एसईई परीक्षामा उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले मंगलबार एक कार्यक्रममा विद्यालय र प्रिन्सिपललाई सम्मान गरेको थियो । भौतिक पुर्वाधार, प्रविधि व्यवस्थापन र गुणात्मक शिक्षाको संयोजनमा गण्डकी प्रदेशमै स्थापित बनेको आदर्श मावि जिल्लामै धेरै विद्यार्थी अध्यापन गर्ने र गराउनेमा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)