मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रैथाने गाई सङ्कटमा

gorkhapatraonline.com · Mon Jun 22 02:13:24 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ ।

विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए । सात वडा रहेको धवलागिरिमा हाल गाई चार हजार ४११, भैसी दुई हजार ८४७, बाख्रा पाँच जहार ९८६, भेडा दुई हजार १९५, ब¬ङ्गुर ११९, कुखुरा १६ हजार २२६, खरायो ६७० तथा घोडा खच्चर २६६ को सङ्ख्यामा रहेका गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)