बेलायतमा नेपालीले किने पौने दुई अर्बको बिजनेश प्रोपर्टी
onlinekhabar.com · Sat Feb 08 17:32:14 GMT 2025

२६ माघ, काठमाडौं । ‘मसँग यो ठूलो परियोजनामा काम गरेकोमा मेरो सम्पूर्ण टोलीलाई धन्यवाद । हाम्रो लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । मलाई यो नयाँ उद्यममा साथ दिनु भएकोमा सबै साथीहरू र परिवारलाई धन्यवाद । आगामी दिनका लागि म थप उत्साहित छु, यहाँभन्दा अझ अगाडि र अझ माथि ।’
बेलायतमा रहेको पीआरएन इन्भेस्टमेन्ट लिमिटेडका संस्थापक निर्देशक पुरन गिरीले केही घण्टाअघि सामाजिक सञ्जालमार्फत् यसरी आफ्नो खुसी पोखे । खुसी हुनुको कारण पनि ठूलै छ । बेलायतजस्तो ठाउँमा उनको नेतृत्वको टिमले निकै ठूलो व्यावसायिक यात्रा अघि बढाएको थियो । हो, उनी र उनको टिमले बेलायतको अल्डरसटमा झन्डै पौने दुई अर्ब रुपैयाँको लागतमा सपिङ मलसहितको भव्य प्रोपर्टी खरिद गरेपछि गिरीले यस्तो खुसी व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)