किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ
ekantipur.com · Sat Feb 08 17:51:03 GMT 2025
भरतपुर — किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीकै प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा अनभिज्ञता प्रस्तुत गरेका हुन् ।
तीन दिनसम्म चल्ने एक्स्पोको दोस्रो दिनको छलफलमा सहभागी दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारबाट ऋण अनुदान नलिइ किसानको पैसा तिर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले सरकारबाट ऋण पाए वा स्टक विदेश तथा स्वदेशमा बिक्री गर्न सकेमात्र किसानलाई रकम भुक्तानी गर्न सक्नेछौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)