म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
ratopati.com · Mon Jun 22 02:18:29 GMT 2026

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा नयाँ ‘होमस्टे’ सञ्चालनमा आएको छ। दर्मीजाका स्थानीय बासिन्दा विप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाइ छाडेर जन्मथलो फर्किएर व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेका हुन्। पुर्खाले बनाएको पुरानो शैलीको मौलिक घरलाई मर्मत सम्भार गरेर पुनले सञ्चालनमा ल्याएको यस घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरिएको छ।
लामो समय बाहिरी परिवेशमा बिताएका पुनले भने, ‘करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौँमा बिताएँ। विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हुँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)