‘मालती मंगले’को अस्ट्रेलिया राइट्स बिक्री, जुलाई ४ मा सिड्नीमा प्रिमियर शो
ratopati.com · Fri May 29 06:59:57 GMT 2026

काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । नेपाली फिल्म निर्देशक समेत रहेका शोभित बस्नेतले सञ्चालन गरेको माउन्ट पुमोरी इभेन्ट्स प्रालिले अस्ट्रेलिया ‘मालती मंगले’ प्रदर्शनको राइट्स खरिद गरेको निर्माता ढकालले रातोपाटीलाई बताए ।
आगामी जुलाई ४ मा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेटसहितको प्रिमियर शो हुनेछ । प्रिमियर शोमा सहभागी हुन निर्माता तथा गायक ढकाल अस्ट्रेलिया जानेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)