मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

श्रम स्वीकृति लिने बढे

gorkhapatraonline.com · Mon Oct 31 00:41:50 GMT 2022

काठमाडौँ, कात्तिक १४ गते । कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै गत वर्षदेखि नै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । उक्त तथ्याङ्कमा काठमाडौँबाहिर रहेका छवटा श्रम कार्यालयबाट लिइएको पुनः श्रम स्वीकृतिको तथ्याङ्क समावेश गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)