पोर्चुगलमा सुजन लामा नेतृत्वको एनआरएनएलाई सरकारी मान्यता
onlinekhabar.com · Sat Jun 06 00:57:03 GMT 2026

२३ जेठ, लिस्वन । पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए ।
एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको सरकारी निकायमा निवेदन दिएका थिए । एनआरएनए सचिव सुरज भण्डारीले शुक्रवार विज्ञप्ती जारी गर्दै लामा अध्यक्ष रहेको कार्य समितिलाई यहाँको सरकारी निकायले मान्यता दिएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)